• १० जेठ २०८१, बिहिबार

साबिक विजेता फ्रान्सको सानदार जित

blog

अष्ट्रेलियाविरुद्ध हेडगोल गर्दै फ्रान्सका एड्रियन रविअ‍ोट । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ७ गते । साबिक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘डी’ अन्तर्गत अल जानोब रङ्गशालामा मंगलबार राति भएको खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोलले हरायो ।

फ्रान्सले सानदार पुनरागमन जित निकालेको हो । फ्रान्सको जितका ओलिभ र गिरोड दुई तथा एड्रियन रविअ‍ोट र केलियन एमबाप्पेले एक एक गोल गर्नुभयो । अष्ट्रेलियाका क्रेग गुडविनको सुरुवाती गोल सान्त्वना बनेको थियो ।

अष्ट्रेलियाले खेलको नवौँ मिनेटमा अग्रता लिएको थियो । गुडविनले म्याथ्यु लेकीको पासमा गोल गर्नुभएको थियो । अष्ट्रेलियाको गोलपछि आक्रामक बनेको फ्रान्सले २७औँ मिनेटमा बराबरी गोल फर्कायो । रविअ‍ोटले थियो हर्नान्डेजको पासमा हेडमार्फत बराबरी गोल गर्नुभयो । 

त्यसपछि ३२औँ मिनेटमा गिरोडले रविओटको पासमा गोल गर्दै फ्रान्सलाई अगाडि बढाउनुभयो । ६८अ‍ौं मिनेटमा एमबाप्पेले औसमाने डेम्बेलेको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । 


७१औँ मिनेटमा गिरोडले एमबाप्पेको पासमा हेडगोल गर्दै टोलीलाई सजिलै जिताउनुभयो । गिरोडको यो फ्रान्सका लागि ५१औँ गोल हो । पहिलो जितसँगै तीन अङ्क बनाएको फ्रान्स समूहको शीर्षस्थानमा छ ।

अष्ट्रेलियाले हारबाट विश्वकप सुरुवात गरेको छ । यस समूहमा डेनमार्क र ट्युनिसियाले एक एक अङ्क बनाएका छन् । मंगलबार राति नै भएको खेलमा डेनमार्क र ट्युनिसिया गोलरहित बराबरीमा रोकिएका थिए । एजेन्सी