• १० जेठ २०८१, बिहिबार

पहिलो हाफमा अर्जेन्टिना १–० गोलले अगाडि

blog

साउदी अरबविरुद्ध बल प्रहार गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी । तस्बिर : एएफपी

काठमाडौं, मङ्सिर ६ गते । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले पहिलो हाफमा साउदी अरबविरुद्ध १–० गोलको अग्रता लिएको छ । लुसेल आइकोनिक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गर्नुभयो ।

मेस्सीले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको हो । लौटारो मार्टिनेजलाई डिबक्सभित्र विपक्षी रक्षकले फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसलाई मेस्सीले सदुपयोग गर्नुभयो ।

अर्जेन्टिनाले ६३ प्रतिशत बल पोसेसन राखे पनि थप गोल गर्न सकेन । पहिलो हाफमै अर्जेन्टिनाको थप तीनवटा गोल अफ साइड भएको थियो । कतार विश्वकपको समूह ‘सी’ मा अर्जेन्टिना, एसियाली देश साउदी अरबसहित मेक्सिको र पोल्यान्ड छन् । पहिलो हाफमा साउदी अरबको एउटा प्रहार बाहिरिएको थियो । एजेन्सी