• ११ जेठ २०८१, शुक्रबार

अमेरिका र वेल्सको बराबरी

blog

अमेरिकाविरुद्ध बराबरी गोल गरेपछि वेल्सका ग्यारेथ बेल । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ६ गते । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘बी’ को खेलमा वेल्सले अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

अकहमेद विन अली स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिका १–१ गोलको बराबरीमा रोकिए ।  प्रतिस्पर्धात्मक खेलमा अमेरिकाका लागि टिमोथी वेहले गोल गर्नुभयो । वेल्सका ग्यारेथ बेलले बराबरी गोल फर्काउनुभयो ।

खेलमा सुरुवाती अग्रता अमेरिकाले सुरुवाती लिएको थियो । टिमोथी वेहले ३६औँ मिनेटमा गोल गर्दै अमेरिकाको उत्साह जगाउनुभएको थियो । 

त्यसपछि वेल्सले ८२औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । डिबक्सभित्र अमेरिकाका जिमरमनले ग्यारेथ बेललाई फल हानेपछि वेल्सले पेनाल्टीको अवसर पाएको थियो । जसलाई बेलले सही सदुपयोग गर्नुभयो ।

बराबरीसँगै अमेरिका र वेल्सले एक एक अङ्क बनाएका छन् । तीन अङ्क बनाएको इङ्ग्ल्यान्ड शीर्ष स्थानमा छ । सोमबार नै भएको समूहको पहिलो खेलमा इङ्ग्ल्यान्डले इरानलाई ६-२ गोलले स्तब्ध बनाएको थियो । एजेन्सी