• १३ साउन २०८१, आइतबार

जुम्लामा मतगणना सुरु

blog

जुम्लामा मतगणना सुरु । तस्बिर : नेत्र शाही, जुम्ला ।

नेत्र शाही 

जुम्ला, मंसिर ५ गते । जुम्लामा मत गणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमका अनुसार प्रतिनिधिसभाको मत गणना सुरु भएको छ भने प्रदेशसभाको मत गणनाको तयारी भइरहेको छ । जुम्लाको कुल मतदाता ६८ हजार छ सय ३८ मध्य ४५ हजार ५९ मत अर्थात् ६५ प्रतिशत खसेको छ । मतगणना जुम्लाको कनकासुन्दरी गाउँपालिकाबाट मत गणना सुरु गरिएको हो। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभामा कनकासुन्दरी गाउँपालिका आधारभूत विद्यालय बुडुचौतारा, कनकासुन्दरी मा.वि लुड्कु, कोटघर मा.वि (क), धोविघाट आधारभूत विद्यालय र नेपाल राष्ट्रिय मावि मालिकावोताको मतपेटिका फुकालिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले करिब दुई घण्टाको समयमा मतगणनाको अपडेट दिने तयारी गरेकोसमेत बताइएको छ ।

जुम्लामा प्रतिनिधिसभामा सत्ता गठबन्धनका गोमा गौतम कुँवर, नेकपा एमालेका रतननाथ योगी, राप्रपाका ज्ञानबहादुर शाही र नेमकिपाका डिल्ली प्रसाद काफ्ले प्रतिनिधिसभाका उम्मेदवार छन् ।