• ११ मंसिर २०८१, मङ्गलबार

भक्तपुर–१ मा राप्रपा, २ मा कांग्रेस अगाडि

blog

भक्तपुर, मङ्सिर ५ गते । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै  छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैङ्कको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना हुँदा प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले) का उम्मेदवारलाई पछाडि पार्दै अग्रता कायमै राखेको हो ।

गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा क्षेत्रीले एमालेका महेश बस्नेतलाई ४३२ मतान्तरले अग्रता लिँदै चार हजार ११३ मत पाउनुभएको छ  । एमाले तीन हजार ६८१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८७०, राष्ट्रियता प्रजातन्त्र पार्टीले ४५० र नेपाल मजदुर किसान पार्टीले ४५० मत प्राप्त गरेको छ । मतगणना जारी छ । प्रदेशसभा र समानुपातिकको मतगणना पनि सुरु भएको छ ।

त्यसैगरी, भक्तपुर क्षेत्र नं १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुआती अग्रता लिनुभएको छ । चाँगुनारायण नगरपालिका वडा नं १ को मतगणनाका क्रममा उहाँले अग्रता लिनुभएको हो । यस क्षेत्रमा एक हजार ३११ मतगणना हुँदा खड्काले ३५९, एमालेका नवराज गेलालले ३५६, नेमकिपाका प्रेम सुवालले २९२ र माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत प्राप्त गर्नुभएको छ ।