• १३ साउन २०८१, आइतबार

सल्यानमा मतगणना ढिला

blog

मतगणनाका लागि संकलन गरिएका मतपेटिका । तस्बिर : प्रतीक इच्छुक शर्मा ।

प्रतीक इच्छुक शर्मा 

सल्यान,मङ्सिर ५ गते । सल्यानमा ११ बजेबाट मतगणना सुरु हुने भनिएपनि अहिलेसम्म मतगणना हुन सकेको छैन । व्यवस्थापनमा समय लागेको कारण सल्यानमा मतगणना ढिला भएको हो । 

जिल्लाका २०५ मतदान केन्द्रबाट जिल्लाको मुख्य निर्वाचनको कार्यालयमा आइतबार राति ३ बजेसम्म मतपेटीका आइसकेको थियो । यस्तै, मतगणनाको लागि सोमबार बिहान ८ बजे सर्वदलीय बैठकसमेत बसेको थियो । तयारी नपुगेकाले मतगणनामा ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताउनुभयो । उहाँका अनुसार जतिसक्दो छिटो मतगणनाको लागि तयारीका काम भइरहेको छ र अबको आधा घण्टा भित्र मतगणना सुरु हुनेछ । 

मतगणनाको लागि सदरमुकामस्थित मुख्य निर्वाचन कार्यालय परिसरमा सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।

यस्तै, सल्यानमा ५३ दशमलव २७ प्रतिशत मत खसेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुरुष ४० हजार २१ र महिला ४४ हजार १ गरी ८४ हजार २२ मत खसेको छ । एक प्रतिनिधि र २ प्रदेश सभा  रहेको सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन् । र प्रदेश सभा (क) मा ७८ हजार  ६ सय ६८ र प्रदेश सभा  (ख) मा ७९ हजार ३३ मतदाता रहेका छन् ।