• १२ वैशाख २०८१, बुधबार

मतदान सकियो (फोटो फिचर)

blog

मतदान सकिएपछि मतपेटीका शिल गर्दै कर्मचारी । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, मङ्सिर ४ गते । आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ । निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ ।

केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ । निर्धारित समय सकिए पनि मतदान केन्द्रको हाताभित्र लाइनमा रहेका मतदाताले मतदान गर्न पाउनेछन् । मधेस प्रदेशमा कुनै पनि मतदान केन्द्रमा मतदान स्थगन नभई सम्पन्न भएको छ । 

हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मतदान भएको छ । दल र उम्मेदवारहरूबीचको विवादका कारण बाजुरा, सुर्खेत, ताप्लेजुङ, नवलपरासी पूर्व, गुल्मी, दोलखालगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ । बाजुरामा हिंसात्मक घटना भएको जानकारी आएको छ ।


प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराको आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको सूर्यविनायकस्थित मतदान स्थलबाट मतदान गर्नुहुँदै । तस्बिरः  अध्यक्ष ओलीको ट्वीटरबाट


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)  । तस्बिरः शान्ता अधिकार


 पूर्व प्रधानमन्त्री झलनाथ खनाल मतदान गुर्नुहुँदै ।


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ।



पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई मताधिकार प्रयोग गर्नुहुँदै । तस्बिर : उहाँको ट्वीटरबाट


सिन्धुपाल्चोकको कुबिण्डेबाट मतदान गर्नु हुँदै सभामुख अग्निप्रसाद सापकोटा । तस्बिर : चित्र मिजार


रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ मा रहेको ज्योति आधारभूत विद्यालय केन्द्रमा मतदान गर्दै गृहमन्त्री बालकृष्ण खाँण । खाँण नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार समेत हुनुहुन्छ । तस्बिरः राधेश्याम विश्वकर्मा/रासस


राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काठमाडौँको क्षेत्र नं ३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्रबाट मतदान गर्नुहुँदै ।  तस्बिर : सुजन गुरुङ


संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्रमा मतदान गर्नुहुँदै । तस्बिर : कोकिला ढकाल

मतदान गर्नुहुँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । 


मतदान गर्नुहुँदै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे  ।


इलाममा मतदानमा सहभागी हुनुभएका ११५ वर्षीय मनबहादुर राई र उहाँको नागरिकता । तस्बिर : जिल्ला प्रहरी कार्यालय, इलाम।


तनहुँको भानु नगरपालिका ११३ वर्षीया गोपीमाया पोख्रेलले सेपा बगैंचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ । 


मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी वीरगन्ज महानगरपालिकाको वडा नम्बर १३  तेजारथ टोलस्थित मतदान केन्द्रमा  मतदान गरेपछि । तस्बिर: विजयकुमार महतो/रासस 


सरस्वती मावि विराटनगर–९ मा  मतदान गरेर बाहिरिँदै  मुस्लिम युवती ।  तस्बिरः मनोज दाहाल/रासस


प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्वारा भक्तपुरस्थित युनिक स्कुल मतदान केन्द्रमा मतदान गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस


सुनसरीको कोसी गाउँपालिका–२ स्थित कोसी मावि मतदान केन्द्रमा मतदान गर्न आएका अशक्त ज्येष्ठ नागरिक ।  तस्बिर : नवीन गड्तौला/रासस


सुनसरीको दुहवी–४ स्थित बिपी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाँदै नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार । तस्बिरः नवीन गड्तौला/रासस


जनमतका अध्यक्ष डा. सिके राउत सप्तरीमा मतदान गर्नुहुँदै ।