• ८ जेठ २०८१, मङ्गलबार

मिर्गौला, पत्थरी र प्रोस्टेट ग्रन्थीको निःशुल्क शल्यक्रिया शिविर हुने

blog

निःशुल्क शल्यक्रिया शिविरबारे जानकारी दिनुहुँदै खड्गी इन्स्टिच्युटका प्रबन्ध निर्देशक डा. सञ्जय खड्गी ।

काठमाडौं, कात्तिक २५ गते। पुस १४ देखि १६ गतेसम्म तीन दिन मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि निःशुल्क शल्यक्रिया शिविर आयोजना हुने भएको छ।

कुपन्डोलस्थित खड्की इन्स्टिच्युट अफ इन्डोयूरोलीजीले पुस १४ देखि १६ गतेसम्म तीन दिन पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि निःशुल्क शल्यक्रिया  शिविर आयोजना गर्न लागेको हो। 

खड्की इन्स्टिच्युट अफ इन्डोयूरोलीजीले अरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रिसन्ट अफ कुवेतसँगको सहकार्यमा उक्त शिविर आयोजना गर्न लागेको हो। 

खड्की इन्स्टिच्युटका प्रबन्ध निर्देशक डा. सञ्जय खड्कीले उक्त शिविरमा प्रोस्टेट ग्रन्थीका ४० जना विपन्न वर्गका बिरामीका लागि निःशुल्क शल्यक्रिया गर्ने जानकारी दिनुभयो। शिविरमा आउने बिरामीको शल्यक्रिया मात्र नभएर उनीहरुलाई लाग्ने औषधि तथा बेड चार्जसमेत निःशुल्क हुन्ने डा.सञ्जय खड्कीले बताउनुभयो।  

डा. खड्कीका अनुसार पत्थरी शल्यक्रियाका लागि मिनि पीसीएनएल विधि र प्रोस्टेट ग्रन्थीका लागि बाइपोलार टर्भ विधिबाट बिरामीमा ठूलो चिरफार नगरी अत्याधुनिक प्रविधिबाट उपचार गरिनेछ। खड्गी इन्स्टिच्युटले यसभन्दा अघि पनि विपन्न वर्गका २८ जना बिरामीका लागि निःशुल्क शल्यक्रिया गरेको थियो। 

 आर्थिक अभावका कारण उपचार गर्न नसक्ने बिरामीलाई राहत दिने उद्देश्यले हरेक चार महिनामा उक्त शिविर आयोजना गर्ने जानकारी दिनुभयो। इन्स्टिच्युटमा एक वर्षमा सामान्यदेखि जटिल मिर्गौलासम्बन्धी समस्या भएका १४ सय ४० जना बिरामीको शल्यक्रिया भएको छ।