• १० मंसिर २०८१, सोमबार

विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह

blog

सुन्दरहरैँचा, कात्तिक  २१  गते । मोरङ लेटाङ्गका विद्यार्थीहरूले टेलिस्कोपको माध्यमबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो । 

कार्यक्रममा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका प्रतिनिधि ओसन कट्टेल, उद्दीप पोखरेल र सोनु शर्माले विद्यार्थीलाई खगोलशास्त्रबारे जानकारी गराउनु भएको थियो । विद्यार्थीहरूले दिउँसो आकाशमा टेलिस्कोपको मद्दतबाट सूर्य र राति चन्द्रमा, वृहस्पति ग्रहका साथै शनिग्रह हेरेका थिए । 

विद्यालयकी संयोजक मेलिसा निरौलाले कार्यक्रममा पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको जानकारी दिनुभयो । “पाठ्यपुस्तकमा भएका विषय बुझाउन विद्यार्थीलाई रचनात्मक अभ्यासमा सहभागी गराउनु खुसीको विषय हो”, निरौलाले भन्नुभयो । 

क्याप्सन लेटाङ अध्यक्ष कमल अधिकारीले विद्यालयले गरेको प्रयास सकारात्मक र राम्रो भएको बताउनुभयो । कार्यक्रममा लेटाङ्ग क्षेत्रका अन्य विद्यालयहरू अमर हर्ट मेमोरियल इङ्लिस  स्कुल, टेन्डर बर्ड बोर्डिङ स्कुल, लेटाङ्ग ग्रिन भ्याली एकेडेमी, जाँते नमुना,  पूर्वाञ्चल अल्मामेटर, मोरङ पाथीभरा इङ्लिस स्कुल, पब्लिक सेन्ट्रल र लिटल फ्लावर्स, ग्यालेक्सी स्कुल तथा मिनरुवा सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरू पनि सहभागी थिए ।