• १२ मंसिर २०८१, बुधबार

काठमाडौं– ५ मा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

blog

गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा (एमाले)का तर्फ बाट उम्मेदवार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

काठमाडौं, कात्तिक २० गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचन आयोगले प्रचारप्रसार खुला गरेसँगै काठमाडौं क्षेत्र नम्बर ५ मा पनि उम्मेदवार मतदाताकाका घरदैलोमा आ–आफ्ना चुनावी प्रतिबद्धतासहित पुगेका छन् । निर्वाचनको प्रचारप्रसारले यो क्षेत्रमा अहिले चहलपहल बढेको छ ।

निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं ५ मा नेकपा (एमाले)कोतर्फ बाट पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेबाट पोखरेल एक्लै चुनावी मैदानमा हुनुहुन्छ भने पौडेललाई गठबन्धनको समर्थन रहेको छ । सो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका चार, बुढानीलकण्ठ नगरपालिकाका ५ र टोखा नगरपालिकाका ६ वडा समेटिएका छन् । यो क्षेत्रभित्र काठमाडौं महानगरका २, ३, ४ र ५, बुढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ वडा रहेका छन्।

वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले तीन र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् ।

स्थानीय तहको चुनावको परिणामलाई हेर्दा एमालेका वडाध्यक्षले कूल १७ हजार ९५२, कांग्रेसका वडाध्यक्षले १२ हजार पाँच मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीले एक हजार ८३९ र माओवादी केन्द्रले ७२० मत प्राप्त गरेका छन् । 

विसं २०७४ निर्वाचनमा एमालेका उम्मेदवार ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच भएको प्रतिस्पर्धामा पोखरेल विजयी हुनुभएको थियो ।सो क्षेत्रमा अहिले एमाले एक्लै चुनावी मैदान रहेकाले गठबन्धनको साथले कांग्रेस चुनाव जित्ने दाउमा छ भने पोखरेल आफ्नो जितलाई कायम राख्ने कसरतमा हुनुहुन्छ ।

प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नं १ मा ३१ मतदानस्थल र ८१ मतदान केन्द्रबाट कूल ७० हजार ९१९ मतदाता रहेका छन् । जसमध्ये  महिला ३७ हजार १२५ र पुरुष ३३ हजार ७९१ मतदाता रहेका छन् ।