काठमाडौं, कात्तिक २० गते । आगामी मङ्सिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द हुने भएको छ ।
यातायात व्यवस्था विभागका कर्मचारीहरू मङ्सिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा खटिनुपर्ने भएकाले लाइसेन्सको आवेदन प्रणाली बन्द गरिएको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्सको आवेदन प्रणाली बन्द हुने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।