• १३ साउन २०८१, आइतबार

नहरको मर्मत चाँडो सम्पन्न गर्न निर्देशन

blog

राजन रावत

हुम्ला, कात्तिक १६ गते । नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिल्दुम साना जलबिधुत् आयोजनाको स्थलगत अनुगमन गरेर मर्मत कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । कर्णालीका मुगु र हुम्ला जिल्लाको विधुतको अवस्थाबारे अनुगमन गर्न आउनुभएका उहाँले हाल मर्मत कार्य भइरहेको नहरको अनुगमन गर्नुभएको हो । 

सिमकोटबाट नहरस्थल रहेको हिल्दुम पुगेर पहिरोले नहरमा गरेको क्षतिको स्थलगत अनुगमन गर्ने कार्यकारी निर्देशकद्वारा अनुगमन भएको हिल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताउनुभयो । गत असोज १७ गतेबाट पहिरोले नहरलाई क्षति गरेपछि आयोजनाको विधुत आपूर्ति बन्द हुँदैआएको छ । 

कार्यकारी निर्देशक घिसिङले नहरको मर्मत कार्य चाँडो सम्पन्न गरेर तत्काल विधुत सेवा आपूर्ति गर्न निर्देशन दिनुभयो । हाल नहरको जनसहभागिता र लागत साझेदारीमा मर्मत कार्य भइरहेको छ । सो क्रममा उहाँले अब चाँडै हुम्ला लगायत कर्णालीका हिमाली जिल्लामा विधुत सेवा सहज बनाउनेतर्फ प्राधिकरण लागिरहेको जानकारी दिनुभयो । 

अनुगमनमा प्रमुख जिल्ला अधिकारी सीता परियार लगायतको सहभागिता रहेको थियो । उहाँको टोली हेलिकोप्टरबाट हुम्ला आएको थियो । आयोजनाको मर्मत स्थलपछि उहाँको टोली हेलिकोप्टरबाटै मुगुतर्फ लागेको छ ।