• १३ साउन २०८१, आइतबार

प्रहरी कार्यालयलाई जग्गा दान

blog

इलाका प्रहरी कार्यालय दशेराका जग्गा दान पछि दातालाई सम्मान । तस्बिर : गाेरखापत्र

जाजरकोट, कात्तिक ६ गते । जाजरकोटको छेडागाड नगरपालिका ३ मा रहेको इलाका प्रहरी कार्यालयलाई ४ रोपनी जग्गा हस्तान्तरण गरिएको छ । 

इलाका प्रहरी कार्यालयलाई स्थायी बनाउन छेडागाड नगरपालिका २ का पदम बहादुर थापाले  २ रोपनी १ आना र धने थापाले १ रोपनी १३ आना गरी जम्मा ४ रोपनी जग्गा प्रहरी कार्यालय दशेरालाई हस्तान्तरण गर्नु भएको छ । 

जग्गा मालपोत कार्यालय जाजरकोटबाट पास गरि इलाका प्रहरी कार्यालय दशेरा जाजरकोटको नाममा नामसारी गरेको छ । प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जग्गा दाता दुबै जनालाई धन्यवाद व्यक्त गर्नुभयो । 

Author

वासुदेव शर्मा