• १३ साउन २०८१, आइतबार

हुम्लामा जडीबुटी सङ्कलन सुुरु

blog

जडीबुटी सङ्कलन गर्दै हुम्लावासी । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, कात्तिक १ गते ।
जिल्लामा मुख्य आम्दानीको स्रोत रहेको जडीबुटी सङ्कलन कार्य सुुरु भएको छ । स्थानीय गाउँवासीको निर्णयद्वारा सङ्कलन कार्य फुकुवा गरिएपछि यो काम सुुरु भएको हो ।

सिमकोट गाउँपालिका–१ को दोजाम गाउँका स्थानीय श्यामजोर लामाले गाउँको साझा निर्णय अनुुसार जडीबुुटी सङ्कलन कार्य सुुरु भएको बताउनुुभयो । उहाँका अनुसार गाउँलेको निर्णय अनुुसार एक हजारभन्दा बढी वनमा उत्पादन भएको जटामसी र कुट्कीका लागि सङ्कलन कार्य खुला गरिएको हो ।

उहाँले महिला र पुरुष गरी सात सयभन्दा बढी स्थानीय जडीबुटी सङ्कलन गर्न गएको र त्यसमा एक परिवारबाट एकदेखि पाँच जनासम्म वनमा गएको बताउनुुभयो ।

सोही वडाको ठेहे गाउँका अर्का स्थानीय जय भण्डारीले बास बस्ने गरी १० दिन अगाडि वनमा गएर जडीबुटी सङ्कलन गर्ने कार्य भइरहेको बताउनुुभयो । आफ्नो समूह बनाएर वनमा ठाउँठाउँमा पाल टाँगेर सङ्कलकहरु बास बस्दै आएको उहाँ बताउनुहुन्छ ।

यी दुुबै गाउँको मुख्य आम्दानीको स्रोत भनेको नै जडीबुुटी हो । जडीबुुटी सङ्कलन कार्य नाम्खा, खार्पुनाथ, सर्केगार्ड र चङ्खेली गाउँपालिकामा पनि सुुरु भएको छ । सङ्कलन गर्न गएका परिवार सङ्ख्याका आधारमा जडीबुटी जम्मा हुने गर्छ । त्यही आधारमा एउटा परिवारले ५० हजारदेखि १० लाख रुपियाँसम्म कमाइ गर्नुहुन्छ ।

विशेष गरी जटामसीको सङ्कलन पुर्जी वन विभागबाट दिइने भएका कारण यस वर्ष कति निकासी हुन्छ भन्ने यकिन नभएको जडीबुटी व्यापारीहरु बताउनुुहुन्छ ।