• १२ असार २०८१, बुधबार

विश्वमा बर्सेनि आपराधिक घटना बढ्दै गएका छन् : गृहमन्त्री खाण (भिडियो)

blog

गृहमन्त्री बालकृष्ण खाण । फाइल तस्बिर

काठमाडौं, असोज ३१ गते । गृहमन्त्री बालकृष्ण खाणले बर्सेनि  आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताउनुभएको छ । सोमबार ६७ औं प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री खाणले  विश्वमा नै बर्सेनि  पराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताउनुभएको हो ।

उहाँले विश्वमा अहिले नयाँ किसिमका विज्ञानका प्रविधिहरुको प्रयोग गरी पराधिक गतिविधि हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर पराधिक क्रियाकलापको नियन्त्रण गर्न जरुरी रहेको औंल्याउनुभयो । नेपाल प्रहरीले पनि पराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको उहाँको भनाइ छ ।

गृहमन्त्री खाणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाल प्रहरीका जवानहरुको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको पनि उल्लेख गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘‘अहिले संसारभर नै पराधिक गतिविधिमा नयाँ आयामहरु थपिएको छ । नयाँ विज्ञान र प्रविधिको प्रयोगका साथै पराधिक गतिविधि पनि बढिरहेको अवस्था छ । यसले सुरक्षामा चुनौती थपिएका छन् । नेपाल प्रहरीले पनि विज्ञान प्रविधिलाई अपराध नियन्त्रणमा प्रयोग गर्दै आएको छ । नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्ने, उहाँहरुको कार्यलाई प्रोत्साहित गर्न नेपाल सरकार प्रतिबद्ध छ । नेपाल प्रहरीका अधिकृत र जवानहरुको सुविधा वृद्धि गर्ने, उहाँहरुको जीवनयापन र उहाँहरुको परिवारका लागि जीवनयापनमा सहजता होस् भनेर त्यसका लागि पनि सरकारले प्रयत्न गरिरहेको छ ।’’

गृहमन्त्री खाणले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा नेपाल प्रहरीका लागि प्रहरी प्रशिक्षण केन्द्र निर्माणकार्य भइरहेको भन्दै तालिम केन्द्र निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरीलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउन र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल प्रहरीका लागि पनौतीमा प्रहरी प्रशिक्षण केन्द्र निर्माणकार्य प्रारम्भ भएको छ । तालिम केन्द्र निर्माण भइसकेपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरी अधिकृत र जवानहरुलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउने र त्यसले क्षमता पनि अभिवृद्धि भएर जानेछ ।’’

गृहमन्त्री खाणले गतवर्ष सरकारले प्रहरी जवानहरुको क्षमता विकासका लागि वभिन्न कार्यक्रम र योजना अघि सारेको र त्यसले केही हदसम्म प्रहरी जवानको क्षमता विकासमा मद्दत पुगेको बताउनुभयो ।