• १२ असार २०८१, बुधबार

एसटीसीले तोरीकोतेल उत्पादन गर्ने

blog

काठमाडौँ, असोज २९ गते ।  साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य गुणस्तर अनुज्ञापत्र आउनेबित्तिकै एसटीसी ब्रान्डको तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । कर्पोरसनले खाद्य विभागबाट अनुज्ञापत्र प्राप्त गर्नेबित्तिकै हेटौँडास्थित नेपाल वनस्पति उद्योग लिमिटेडबाट उक्त ब्रान्डको तेल उत्पादन गर्नेछ । अनुज्ञापत्रका लागि कर्पोरेसनले तेल उत्पादन गरेको नमुना खाद्य विभागमा उपलब्ध गराइसकेको छ ।