• १३ साउन २०८१, आइतबार

कालिकोट बाढी पहिरो : थप दुई शव भेटियो, अझै १७ बेपत्ता

blog

मलामी गएका १३ जना बेपता भएको स्थान राँचुलीस्थित तिलानदी किनार। तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, असोज २७ गते। कालीकोटमा पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको छ। आइतवार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका वडा नम्बर ७ वालीका धुर्वराज विष्ट र उहाँकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको हो। 

विष्टको परिवारका पाँच जना पहिरोमा हराएका थिए। अब विष्टकी श्रीमती ममतको खोजी भइरहेको छ। बिहीबार प्रहरीले धुर्वराज बिष्ट र उहाँकी छोरी ज्यानी बिष्टको शव भेटेको हो। 

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले विष्ट परिवारका चार जनाको शव भेटिएको जानकारी दिनुभयो। पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म ६ जनाको मात्र शव भेटिएको छ। 

कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको बताउनुभयो। तिला नदीले उनीहरुलाई बगाएको अनुमान गरिएको छ।