• १३ साउन २०८१, आइतबार

बैंकिङ कसूर मुद्दाका फरार दुई जना पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २७ गते । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१२ भोटेबहाल बस्ने भारत हरियाण राज्य भिवानी जिल्ला चर्खिदादरी घर भएका ४४ वर्षीय शशी शर्मा र चन्द्रागिरि–६ थानकोट बस्ने कास्की मादी गाउँपालिका–७ बस्ने ५८ वर्षीय नारायण भण्डारी रहेका छन् । 

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले शर्मालाई चन्द्रागिरि नगरपालिका–१५ सतुङ्गलबाट र भण्डारीलाई काठमाडौं महानगरपालिका–१६ बालाजु चोकबाट पक्राउ गरेको हो ।

शर्मामाथि २५ लाख बिगो भएको बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ भदौ ७ गते पक्राउ पुर्जी जारी भई फरार रहेको आरोप छ भने, भण्डारीमाथि उच्च अदालत पाटनको असार २१ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा एक दिन कैद, दुई लाख जरिवाना र आठ हजार रुपियाँ क्षतिपूर्ति ठहर गरेको छ । फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल पठाइएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।