• १० वैशाख २०८२, बुधबार

पृथ्वीराजमार्गमा पहिरो खस्दा दुई स्थानमा अवरुद्ध

blog

तनहुँ, असोज २१ गते । गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । 

आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । म्याग्दे खण्डमा राति २ः४० मा र व्यास खण्डमा बिहान ६ः३० मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएका त्यहाँ  एक्स्काभेटर र डोजर परिचालन गरिसकिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध भएकाले  सयौँ सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको बताइएको छ ।