• १३ साउन २०८१, आइतबार

बस र मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते

blog

राधाकृष्ण डुम्रे

वालिङ, असोज १९ गते । स्याङ्जाको वालिङमा बस र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । पोखराबाट लुम्बिनीका लागि छुटेको प्रदेश नं ३, ०१–००१ प १५८१ नम्बरको बस र गल्याङबाट वालिङका लागि छुटेको लु ७७ प ८८४३ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्गको वालिङ १० को आम्वोटमा एक आपसमा ठोक्किएका हुन् । 

दुर्घटनामा परी मोटरसाइकल चालक गल्याङ ८ का २७ वर्षीय सरोज उपाध्याय गम्भीर घाइते हुनुभएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । उपाध्यायको टाउको र हातमा गम्भीर चोट लागेको छ । थप उपचारका लागि उहाँलाई पोखरा पठाइएको प्रहरीको भनाइ छ ।