• १३ साउन २०८१, आइतबार

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

राजन रावत

हुुम्ला, असोज १७ गते । बडा दशैंको अष्टमीको दिन आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत परिसरमै सो कार्यालय स्थापना गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी सीता परियारले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताउनुभयो । सो कार्यालय जिल्ला अदालतमै स्थापना गरिएको उहाँले बताउनुभयो । 

यसअघि सर्वपक्षीय बैठकले निर्णय गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालय अदालतमै स्थापना गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको थियो । कार्यालय जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले उद्घाटन गर्नुभयो । 

कार्यक्रममा सुरक्षा निकायका प्रमुख र ठूला तीन वटै राजनीति दलका नेताको उपस्थिति रहेको थियो । कार्यालय स्थापनासँगै मङ्सिर ४ गतेको निर्वाचनको माहौल अझ बनेको स्थानीयको बुझाइ छ ।