• १६ चैत २०८०, शुक्रबार

शिक्षामन्त्री पौडेलद्वारा सीपिएफमा हस्ताक्षर

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गर्नुभएको छ । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोग्राम फ्रेमवर्क (सीपिएफ)मा हस्ताक्षर गर्नुभएको हो । 

हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएर्ईए)मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । साथै, पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग गर्नेछ । 

साथै, सोही अवसरमा शिक्षामन्त्री पौडेलले आइएईएको ६६ औँ महासभालाई पनि सम्बोधन गर्नुभएको छ  । सम्बोधनमा उहाँले निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि वा महासन्धिहरूको पक्ष नेपाल हस्ताक्षरकर्ता भएकाले आणविकको शान्तिपूर्ण प्रयोग गर्नुपर्नेमा नेपाल दृढ रहेको बताउनुभयो ।

उहाँले आणविक विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालले अपनाएका विभिन्न नीतिगत उपायका बारेमा पनि प्रष्ट पार्नुभयो । 

सोही अवसरमा मन्त्री पौडेलले आरसी एको ५०औँ वार्षिकोत्सवमा पनि सहभागिता जनाउनुभएको छ । सोही अवसरमा मन्त्री पौडेलले नेपालमा आणविक विज्ञान र प्रविधिको विकासमा आइएईए र आरसी एको सहयोग बहुमूल्य रहेको बताउनुभयो । नेपालले विभिन्न प्राविधिक सहयोग परियोजना र आरसी परियोजनाहरूमार्फत आणविक विज्ञानमा आफ्नो क्षमता अभिवृद्धि र यसको शान्तिपूर्ण  प्रयोगमा निरन्तर काम गरिरहेको उहाँको भनाइ छ ।