• १५ चैत २०८०, बिहिबार

रसुवागढी नाकामा अड्किएका सबै कन्टेनर नेपाल भित्रिए

blog

फाइल तस्बिर

काठमाडौँ, असोज १० गते । उत्तरी नाका चीनबाट नेपाल भित्रिने कन्टेनरहरूको सङ्ख्या बढ्दै गएको छ  लामो समयसम्म बन्द रहेको चीनसँगको नाका असोज १ गतेबाट सुचारु भएपछि रसुवागढी नाकाबाट १५८ वटा कन्टेनरहरू नेपाल भित्रिएका छन् ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीका अनुसार १५८ वटै कन्टेनरहरू भित्रिएको बताउनुभयो । रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीलाई छिटोभन्दा छिटो काठमाडौँ पठाउन भन्सार परीक्षण द्रुतरुपमा अघि बढेको प्रमुख भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रसुवागढी नाकाबाट भित्रने कन्टेनरहरूमध्ये धेरै तयारी पोसाक बोकेका कन्टेनरहरू रहेका छन् । 

भित्रिएका सबै कन्टेनरहरूलाई भन्सार प्रक्रिया पुरा गरी काठमाडौँ पठाउने तयारी गरेका छौँ ।’ यस्तै चीनतर्फको निर्यात भने शून्य छ । चीनको शून्य कोभिड नीति लिएका निर्यातमा समस्या भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भण्डारीले बताउनुभयो । 

भन्सार नाकामा चिनियाँ पक्षले केही सुरक्षाकर्मीहरू बोलाएर कन्टेनरहरू नेपाल प्रवेश गर्न दिएको छ । चीनतर्फ रोकिएका कन्टेनरहरू असोज १ गतेदेखि नाका खुल्ला भएपछि कन्टेनर लगातार आइरहेका छन् । अहिले रोकिएका कन्टेनरहरू सबै नेपाल छिरिसकेका छन् ।

उहाँले भन्नुभयो,चीनतर्फ  रहेका सबै कन्टेनरहरू सीमा नाका खुल्ला भएपछि नेपाल भित्रिसकेका छन् । निर्यातको सन्दर्भमा समेत चीनसँग वार्ता भइरहेको भण्डारी बताउनुहुन्छ । 

दशैका लागि खपत हुने सामग्री बोकेका कन्टेनरहरू सीमा क्षेत्रमा लामो समयसम्म रोकिँदा बजारमा वस्तुको अभाव हुने र महँगी व्यवसायमा असर पुग्ने भन्दै व्यापारीले सरकारलाई सीमा नाका सुचारुका लागि पहल गर्न आग्रह गरेका थिए ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।