• २० असोज २०८१, आइतबार

मारमा परेको खुद्रा व्यापारीको गुनासो

blog

काठमाडौँ, असोज ९ गते ।  दिनरात नभनी उपभोक्ताको सेवामा खटिने खुद्रा व्यापारीले सरकार, खाद्य उद्योगी र उपभोक्ताबाट दोहोरो/तेहरो मारमा पर्ने गरेको गुुनासो गरेका छन् । नेपाल खुुद्रा सङ्घको ४३औँ वार्षिक साधारण सभाको अवसरमा सङ्घले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी खुद्रा व्यापारीले यस्तो गुुनासो गर्नुुभएको हो । 

सङ्घका पूर्वअध्यक्ष पवित्र वज्राचार्यले दिनरात नभनी घरछेउमा सेवा दिने खुद्रा व्यापारी सरकार र उपभोक्ता दुुवैका नजरमा दोषी देखिने गरेको दुुखेसो गर्नुभयो । उहाँले भन्नुुभयो, “सरकारका नियमनकारी निकायले बजार अनुुगमन गर्नुुपर्छ, त्यसमा हामी सहयोग गर्न तयार छौँ । सानो लगानी गरेर व्यापार गर्नेलाई हतोत्साही बनाउने काम सरकारले गरेको छ ।” 

खुद्रा तथा किराना व्यवसायमा ठूला लगानीकर्ता र व्यापारीको प्रवेशले गर्दा सानो व्यापार गरेर टिक्न गाह्रो भइसकेको सङ्घका महासचिव आमुुलकाजी तुलाधरले बताउनुुभयो । उहाँले भन्नुुभयो, “बाकसमा सामान ल्याएर बिक्री गर्ने हामी खुद्रा व्यापारीले ठूलाठूला ट्रकका सामान ल्याएर बिक्री गर्ने व्यापारीसँग प्रतिस्पर्धी हुन कम चुनौती छैन तर पनि धेरैको पुुख्र्यौली व्यवसाय भएकाले नोक्सान सहेर पनि गरेका छौँ ।” 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोरोना महामारीमा समेत आफ्नो र परिवारको जिउज्यान जोखिममा राखेर सेवा दिएका खुद्रा व्यापारीको अवमूल्यन गर्नुु अन्याय हुने बताउनुुभयो । उहाँले आमउपभोक्तासँग जोडिएकाले सङ्घको संस्थागत विकास गर्न र मर्यादित व्यवसाय गर्न उहाँले आग्रह गर्नुभयो । 

यसैगरी पूर्वअर्थ सचिव कृष्णहरि बाँस्कोटाले खाद्यवस्तुुुको मूल्य एकरूपता, गुणस्तरीय सामान र सेवालाई ध्यान दिन आग्रह गर्नुुभयो । उहाँले राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षणमा खुद्रा व्यापारीको महत्वपूर्ण हुने बताउनुुभयो । 

अर्थविद् चन्द्रमणि अधिकारीले व्यावसायिक मर्यादासँगै सामाजिक दायित्वमा पनि ख्याल राखेर गुुणस्तरीय वस्तुु दिन आग्रह गर्नुुभयो ।