• २१ पुस २०८१, आइतबार

मन्त्री श्रेष्ठद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी

blog

मन्त्री श्रेष्ठद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी लिनुहुँदै । तस्बिर : मन्त्री श्रेष्ठको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीसँग भेटी उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै आज पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्काल आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाउनुभयो । 

मन्त्री श्रेष्ठले जोशीको घर आडमै रहेको लोक साहित्य परिषद् भवनको समेत अवलोकन गर्नुभयो । परिषद् भवनमा जोशीले सङ्कलन गर्नुभएका मुद्रा, टिकट, किताबलगायत सामग्री राखिएका छन् । भवनको तेस्रो तलामा रहेको चक्रसंवरको पौभाः चित्र समेत मन्त्री श्रेष्ठले अवलोकन गर्नुभयो । सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

पुरातत्त्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भइसक्नुभएको छ । बि.सं. १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका जोशी उमेरले १०३ वर्ष पुगिसक्नुभएको छ ।