• ३१ वैशाख २०८२, बुधबार

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश

blog

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख आयुक्त प्रेमकुमार राई आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै । तस्बिर : राष्ट्रपति कार्यालय

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । 

राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा आयोगका  प्रमुख आयुक्त प्रेमकुमार राईले सो प्रतिवेदन पेस गर्नुभएको हो । 

संविधान अनुसार, सबै संवैधानिक निकायले वर्षभरि सम्पादन गरेका कार्यहरूको विवरण समावेश भएको प्रतिवेदन पेस राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक व्यवस्था छ । 

प्रमुख आयुक्त राईले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले दिनुभयो ।