• १३ साउन २०८१, आइतबार

कालिकोटको सुपथ मूल्य पसलमा चामल लिनेको लाइन

blog

सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन । तस्बिर : प्रेमराज सिम्खडा

कालिकोट, असोज ४ गते । कालिकोटमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएसँगै चामल लिनेको लाइन लाग्न थालेको छ । चाडपर्वका बेला बजारमा अस्वाभाविक रुपमा मुल्यवृद्धि हुने र प्रशासनले अनुगमन नगर्दा सेवाग्राहीहरू मर्कामा पर्ने गरेको छ

सुपथ मूल्य पसल सञ्चालनले उपभोक्ताहरू ठगिनबाट बचेको छ । दुई वर्ष अघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । यो पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालिकोटका कार्यालय प्रमुख कमलराज पाण्डेले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा आम उपभोक्ताको अधिकारलाई सुरक्षित राख्दै सस्तो समान दिने गरेको बताउनुभयो । उहाँले चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरिएको जानकारी दिनुभयो । 

शुक्रवार वाट सञ्चालनमा आएको सुपथ मूल्य पसलवाट पाँच सय क्वीन्टल चामल बितरण भइसकेको छ ।   

Author

प्रेमराज सिम्खडा