• १९ असोज २०८१, शनिबार

भारतविरुद्ध नेपालको ऐतिहासिक जित

भारतलाई पराजित गर्दै नेपाल साफ महिला फुटबलको फाइनलमा

blog

भारतमाथि ऐतिहासिक जितपछि खुशी हुँदै नेपाली खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौं, भदौ ३० गते । भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ। 

घरेलु मैदानमा भएको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपमा साबिक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो। नेपालको जितमा  रश्मी कुमारी घिसिङले निर्णायक गोल गर्नुभयो। 

पहिलो हाफको इन्जुरी समयमा प्रीति राईको पासमा रश्मीले गर्नुभएको गोल नै निर्णायक बनेको हो। नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहोरेको छैन। समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। साथै भारत भने पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको छ। भारत यसअघिका सबै संस्करणको विजेता हो। 

भारत प्रतियोगिताबाट बाहिरिएसँगै अब साफले नयाँ महिला च्याम्पियन पाउनेछ। नेपाल भने पाँचौँ पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछ। महिला साफमा भारतमाथि नेपालको यो ऐतिहासिक जित हो। 


यसअघि भुटानलाई ८–० ले हराएर बङ्गलादेश फाइनल प्रवेश गरिसकेको छ। नेपालले सोमबार फाइनलमा बङ्गलादेशको सामना गर्नेछ ।