• १३ असोज २०८१, आइतबार

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

blog

काठमाडौं, भदौ ३१ गते । सरकारले असोज १ गते मध्यराति १२ बजेबाट संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिनुभयो ।

यसैबीच प्रतिनिधिसभाको अन्तिम बैठक शनिबारका लागि बोलाइएको छ । बैठक भोलि दिउँसो१ बजे बस्दैछ ।

मङ्सिर ४ मा  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ भने निर्वाचन आयोगले असोज २ र ३ गते (आइतबार र सोमबार)का लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ ।