• १३ साउन २०८१, आइतबार

लडेर गर्भवती महिलाको मृत्यु

blog

तनहुँ, भदौ २७ गते । घाँस काट्ने क्रममा लडेर तनहुँकी एक गर्भवती महिलाको आइतबार साँझ मृत्यु भएको छ । ऋषिङ्ग गाउँपालिका –३ सोलुङ्ग निवासी २४ वर्षीया दरिमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकको खरबारीमा घाँस काट्ने क्रममा लडेर घाइते हुनु भएको थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनुभयो । 

शनिबार ५:३० बजे थापा लडेर घाइते भएपछि उपचारको लागि दमौली अस्पतालमा ल्याइएको उहाँले जानकारी दिनुभयो । मृतक थापाको पेटमा ७ महिनाको गर्भ रहेको प्रहरीले जनाएको छ । 

Author

अमराज नहर्की