• ११ असोज २०८१, शुक्रबार

गोरखापत्रकर्मी मिश्र पुरस्कृत

blog

गौर समाचारदाता 

गौर, भदौ २५ गते । गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्र पुरस्कृत हुनुभएको छ। उहाँले ‘मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार’ पाउनुभएको हो। 

नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले शुक्रबार गरुडामा आयोजना गरेको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मिश्रलाई पुरस्कारबापत नगद २५ हजार रुपियाँ तथा सम्मानपत्र प्रदान गर्नुभयो। 

महासङ्घ रौतहट शाखाको दुई पटक अध्यक्ष भई रौतहटको पत्रकारिता क्षेत्रमा उहाँले पु-याउनुभएको योगदानको उच्च कदर गर्दै मिश्रलाई सम्मानित गरिएको महासङ्घ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले बताउनुभयो।