• १३ साउन २०८१, आइतबार

जटायुमा दुई सय सैँतीस गिद्ध

blog

कावासोती समाचारदाता 

कावासोती, भदौ २२ गते । पूर्वीनवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ । नेपालमा पाइने नौ प्रजातिको गिद्धहरू मध्यकावासोतीको पिठौलीमा रहेको जटायु रेस्टुरेन्टमा आठ प्रजातिको गिद्ध अवलोकन गर्न सकिन्छ । 

सफा मौसमका कारण अहिले चार प्रजातिको गिद्ध अवलोकन गर्नु सफल भएको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डीबी चौधरीले बताउनुभएको छ । कावासोतीमा अवस्थित जटायु रेस्टुरेन्टबाट पहिलो पटक सन् २००९ को सेप्टेम्बर ४ मा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउन सुरु गरिएको थियो । टेलिस्कोप, क्यामरा र दूरबिनको सहायताले गिद्ध अवलोकन गर्न सकिने चौधरीले बताउनुभयो । संयोजक चौधरीले गिद्ध वातावरणसँगै धार्मिक र सांस्कृतिक हिसाबले महìवपूर्ण रहेको हुँदा गिद्धप्रति समाजमा सकरात्मक विचार भएकाले अबका दिनमा संरक्षणमा विद्यार्थी, शिक्षक, पथप्रदर्शकलगायत सम्पूर्ण सरोकारवालाहरूले यसप्रति ध्यान दिनुपर्ने बताउनुभयो । 

गिद्धको दिगो संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धनबारे जानकारी दिनुको साथै ‘गिद्ध संरक्षणको प्रयास, सफलताका र चुनौती बारे जटायु रेस्टुरेन्टका संयोजक चौधरीले सचेतना प्रदान गर्नुपर्ने बताउनुभयो । गिद्ध मरेको सिनो खाएर बाँच्ने पन्छी हुन् । हानीकारक कीटाणु तथा सडेको मासु पचाउन सक्ने भएकाले गिद्धलाई प्रकृतिका कुचिकार भन्ने गरिएको छ ।