• २१ असार २०८१, शुक्रबार

लामखुट्टेको टोकाइबाट बच्न अनुरोध

लामखुट्टेको वासस्थान खोजेर लार्भा नष्ट गर्न घरदैलो अभियान

blog

काठमाडौ, भदौ २० गते । काठमाडौं महानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ । डेङ्गु एडिज जातको सङ्क्रमित लामखुट्टेले मान्छेलाई सार्ने भएकाले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हो । जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठी भन्नुहुन्छ, ‘‘डेङ्गु नियन्त्रणका लागि निदानात्मक, उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरेका छौँ ।’’

महानगरले भदौ १३ गते सबै वडा क्लिनिकका इञ्चार्जहरुलाई बोलाएर डेङ्गु रोकथाम र नियन्त्रणका लागि प्रशिक्षण सञ्चालन गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् भदौ १४ गतेबाट जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेविका र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रियात्मक प्रशिक्षण गरेर घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न सिकाइन्छ ।

सोमबारबाट प्रयोगशाला भएका वडाहरूमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु हुँदैछ । यसरी परीक्षण सुरु हुने ठाउँहरू रामघाट स्वास्थ्य केन्द्र, वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन् ।