• २२ असार २०८१, शनिबार

मधेस प्रदेश अध्यक्ष यादव रौतहट क्षेत्र नं.१ बाट सिफारिस

blog

नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णाप्रसाद यादव । तस्बिर : सञ्जयकुमार मिश्र

सञ्जयकुमार मिश्र
गौर, भदौ २० गते ।
 नेपाली कांग्रेस रौतहटले प्रदेशसभा सदस्य उम्मेदवारमा मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको नाम सिफारिस गरेको छ ।

मधेस प्रदेशका सूचना तथा सञ्चार विभागका प्रमुख नितेशकुमार गुप्ताले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ (ख)बाट प्रदेशसभा सदस्य उम्मेदवारमा सभापति यादवको नाम सिफारिस भएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस रौतहटको क्षेत्र नम्बर १ को क्षेत्रीय भेलाले सभापति यादवको नाम सिफारिस गरेको हो । विभाग प्रमुख गुप्ताका अनुसार सोही क्षेत्र (क)बाट नागेन्द्र साहको नाम सिफारिस भएको छ ।

यसैगरी, रौतहट क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा समानुपातिकतर्फ नितेश कुमार गुप्ता, चिरञ्जीवी सिंह, सन्तुप्रसाद यादव, प्रकाश सिंहलगायतका नेताहरूको नाम सिफारिस गरिएको जानकारी प्रमुख गुप्ताले दिनुभयो ।

त्यस्तै, रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ मधेस प्रदेश सभापति यादव कै नाम सिफारिस गरिएको छ । साथै, सोही क्षेत्रमा गठबन्धन हुने निश्चित भएकाले दुवै पदमा सभापति यादवकै नाम सिफारिस गरिएको उहाँको भनाइ छ ।

जिल्लाबाट प्रदेश कार्यसमितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधान बमोजिम प्रदेश कार्यसमितिले राय राखेको आधारमा केन्द्रीय समितिले यादवलाई कुनै एक पदमा चयन गर्ने छ ।