• १३ वैशाख २०८१, बिहिबार

कैलाली ४ बाट नैनसिंह महर सिफारिस

blog

नैनसिंह महर । फाइल तस्बिर

धनगढी, भदौ १५ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय समितिले  क्षेत्र नम्बर ४ बाट सिफारिस गरेको छ। 

कुल ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को बुधबार बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो। 

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका निर्वाचन क्षेत्र नम्बर ४ मा पर्दछ। पूर्व माओवादीका सुदूरपश्चिम इन्चार्ज तथा हाल नेकपा एमाले केन्द्रीय कमिटीका सचिव लेखराज भट्टले २०६४, २०७४ मा प्रत्यक्षतर्फ चुनाव जित्नुभएको थियो।  २०७० सालमा काँग्रेस नेता दीर्घराज भाट विजयी हुनुभएको थियो।