• १३ साउन २०८१, आइतबार

कान्ति अस्पतालका कर्मचारी आन्दोलित

blog

काठमाडौं, भदौ १५ गते । कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

कार्यकारी निर्देशक र लेखा अधिकृतलाई हटाउने लगायत २४ बुँदे माग राख्दै अस्पताल विकास समितिअन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनरत कर्मचारीले माग पूरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समय दिएका छन् ।

आन्दोलनरत कर्मचारीले आगामी भदौ २१ गतेसम्म माग पूरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले स्वास्थ्यमन्त्रीसमक्ष तीनबुँदे माग पेस गरेका छन् । जसमा अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनु पर्नेलगायतका माग छन् ।

अस्पतालमा विकास समितिअन्तर्गत लगभग तीन सय जना कर्मचारी कार्यरत छन् ।