• १४ पुस २०८१, आइतबार

२४ घण्टामा २०२ जनामा कोरोना पुष्टि, एकको मृत्यु

blog

काठमाडौं, भदौ १२ गते । पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३३ जनाको कोरोना परीक्षण गर्दा २०२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

दुई हजार ६४ जनाको  पीसीआर परीक्षण गर्दा १६४ र एक हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६२ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा एक जनाको मृत्यु भएको छ।

त्यस्तै, हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ३१३ छ । यसैगरी, पछिल्लो २४ घण्टामा ५१ हजार २३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।