• १३ साउन २०८१, आइतबार

थप १७३ जनामा सङ्क्रमण पुष्टि

blog

काठमाडौं, भदौ ११ गते । पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई हजार ८३९ जनाको कोरोना परीक्षण गर्दा १७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

६४३ पीसीआर परीक्षण गर्दा ६५ र दुई हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९६ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा मृत्युदर शून्य छ ।

त्यस्तै, हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ६१२ छ । यसैगरी, पछिल्लो २४ घण्टामा ४७ हजार १५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।