• १५ असार २०८१, शनिबार

मालीमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

blog

काठमाडौं, भदौ ७ गते । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि मालीमा खटिएका नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । 

मालीमा तैनाथ ई.ओ.डि गुल्म (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि ई.ओ.डि. गुल्म (शान्ति सेना) नवौं डफ्फाको पहिलो फ्लाईटमा प्रमुख सेनानी विवेक काफ्लेको नेतृत्वमा ८० जना नेपाली शान्ति सैनिकहरु मंगलबार काठमाडौंबाट मिशन ईलाका मालीतर्फ प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ ।