• १५ असार २०८१, शनिबार

राष्ट्रपति भण्डारीसँग ग्लोबल काउन्सिलका पदाधिकारीको भेट

blog

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालयमा भेट गर्नुहुँदै ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिसका प्रतिनिधि । तस्बिर : राष्ट्रपतिको कार्यालय

काठमाडौं, भदौ ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिसका प्रतिनिधिले भेटवार्ता गर्नुभएको छ । 

मंगलबार राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगञ्जमा पुगेर संस्थाका अध्यक्ष अहमद अल जरावान नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो। 

भेटमा प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठी, प्रतिनिधिमण्डलमा सहभागी विभिन्न आठ देशका संस्थासँग आवद्ध सदस्य तथा सांसदलगायत नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो।