• ११ मंसिर २०८१, मङ्गलबार

एमाले स्थायी कमिटी बैठक जारी

blog

नेकपा (एमाले) स्थायी कमिटीको बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ ७ गते । नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा शुरु भएको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस् योजना बनाउन पार्टीले मङ्गलबारदेखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । आज स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने सो पार्टीले जनाएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाइएको छ । कार्यालय सचिव डा. अधिकारीका अनुसार बैठक आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा केन्द्रित रहनुका साथै समग्र पार्टी तथा मुलुकको राजनीतिक अवस्थाबारे छलफल हुनेछ । यस्तै आगामी पोलिटब्युरो र केन्द्रीय कमिटिको एजेण्डा पनि बैठकले तय गर्नेछ ।

पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरिएको थियो  ।