• १४ वैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी

blog

तस्बिर : प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटार ।

काठमाडौं, साउन ३० गते । सत्ता गठबन्धनको आगामी निर्वाचनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक  प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा जारी रहेको छ । नेपाली कांग्रेसका महामन्त्री एवम् कार्यदलका सदस्य गगनकुमार थापाको स्वकीय सचिव शैलेस सिटौलाले बैठक जारी रहेको जानकारी दिनुभयो ।

मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनमा सिट बाँडफाँटका लागि कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनेको हो । यसैको सहमति एवम् मापदण्डको ढाँचा निर्माण गर्न कार्यदलको बैठकमा आज थप छलफल भइरहेको छ ।

कार्यदलमा कांग्रेसका तर्फबाट कार्यदलका संयोजक सिटैलासहित महामन्त्री थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र) का वर्षमान पुन, देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) का डा. वेदुराम भुषाल, प्रमेश हमाल, जनता समाजवादीबाट रामसहाय प्रसाद यादव, रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा हुनुहुन्छ ।

उहाँले कार्यदलको बैठकमा सबै सदस्यहरु सहभागी हुनुभएको जानकारी दिनुभयो ।