• १२ पुस २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी पोखरामा

blog

तस्बिर : राष्ट्रपति विद्यादेवी भण्डारी

गण्डकी, साउन ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा आउनुभएको छ । मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुग्नुभएको हो ।

पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बस्नुभएको छ । उहाँ मङ्गलबार बिहान ८ः ३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुनुहुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रपति मङ्गलबार नै बिहान १० बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी काठमाडौं फर्कने कार्यक्रम छ । राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।