• ५ साउन २०८१, शनिबार

कोष बनाउँदै सहकारी बैङ्क

blog

ललितपुर, साउन २२ गते । सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैङ्क लिमिटेडले तीन अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ ।

सञ्चालक समितिको बैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बैङ्कका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको बैङ्कका अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो । सहकारीलाई सङ्कटबाट जोगाउन सञ्चालक रामहरि बजगाईंको संयोजकत्वमा बैकका सातवटै प्रदेशका संयोजक र बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं सदस्य रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यदलसमेत गठन गरेको छ ।