• ४ साउन २०८१, शुक्रबार

'केबीसी १४' को पहिलो एपिसोडको प्रोमो सार्वजनिक

blog

'प्रोमो'मा बलिउड स्टार आमिर खान र अमिताभ बच्चन ।

काठमाडौं, साउन १७ गते । 'केबीसी'को पहिलो एपिसोडको प्रोमो सार्वजनिक गरिएको छ । अमिताभ बच्चनको चर्चित गेम शो ‘कौन बनेगा करोडपति १४’ को पहिलो एपिसोडको प्रोमो सार्वजनिक गरिएको हो । 

सार्वजनिक भएको प्रोमोमा बलिउडका स्टार आमिर खान 'हट सिट'मा बस्नुभएको छ । शोको प्रोमोमा उहाँले सामाजिक सञ्जालमा यस कार्यक्रमको बारेमा विज्ञापन गर्न जरुरी नभएको बताउनुभयो । 

यस्तै, 'कौन बनेगा करोडपति'मा यसपटक पुरस्कार नगद ७ करोडबाट बढेर ७.५ करोड ताेकिएकाे छ ।

शोका निर्माताले यसको प्रोमो शेयर गर्दै दर्शकलाई यसको जानकारी दिनुभएको हो । यसका साथै यस पटक शोमा तीनवटा लाइफ लाइन हुनेछन् ।