• १९ असोज २०८१, शनिबार

बायर्न च्याम्पियन

blog

उपाधिसहित बायर्न टोली ।

काठमाडौं, साउन १५ गते । जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । रेड बुल एरिना लेइजिगमा शनिबार राति भएको खेलमा बायर्नले बुन्डेसलिगा प्रतिद्वन्द्वी घरेलु टोली आरबी लेइपजिगलाई ५–३ गोलले हरायो । 

बायर्नको जितमा जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले गोल गर्नुभयो । लेइपजिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर एनकुकु र ड्यानियल ओल्मोले गोल गर्नुभयो । वायर्नले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको थियो । बायर्नको नयाँ सिजनमा यो पहिलो उपाधि हो । लगातार तेस्रो पटक च्याम्प्यिन बनेको बायर्नको यो समग्रमा १०औं उपाधि हो । 

जर्मन सुपर कप बुन्डेसलिगा च्याम्पियन र डिएफवी पोकल च्याम्पियनबीच नयाँ सिजन सुरु हुनुअघि खेलिने प्रतियोगिता हो । यसअघि बायर्नले सन् १९८७, १९९०, २०१०, २०१२, २०१६, २०१७, २०१८, २०२० र २०२१ मा सुपर कप जितेको थियो । एजेन्सी