• २५ असार २०८१, मङ्गलबार

‘बर्खे झरी’ सार्वजनिक

blog

काठमाडौँ, साउन १५ गते । ‘बर्खे झरी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक निशान भट्टराई र गायिका रानु निरौलाको आवाज सुन्न सकिन्छ । 

किरण भण्डारीको शब्द, सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ अनिल नकर्मीले गर्नुभएको हो । गौरव गिरीले निर्दशन गर्नुभएको म्युजिक भिडियोमा प्रियाना आचार्य, दिवस नाथ, निशा खतुन र राज टाइगरको अभिनय देख्न सकिन्छ । गीतमा वसन्त कुँवरको छायाङ्कन, बलभद्र कुँवरको सम्पादन र सरस्वती श्रेष्ठको मेकअप समावेश रहेको छ ।