• १६ भदौ २०८१, आइतबार

ब्राजिलमा मङ्कीपक्सबाट पहिलो मानवीय क्षति

blog

फाइल तस्बिर

ब्राजिलिया, साउन १४ गते । ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन् ।

ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्यअन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बिरामी भएपछि ती व्यक्तिलाई गम्भीर स्वास्थ्य अवस्था रहेको ठानेर उपचार गराइएको भए पनि उपचार सफल हुन नसकेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

उहाँलाई क्यान्सर लगायतका अन्य गम्भीर प्रकृतिका रोगले समेत चापेकाले उपचार सफल हुन नसकेको उनीहरूको भनाइ छ ।

मृत्यु भएका व्यक्तिको परिचय भने औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तर ती व्यक्तिलाई बेलो होरिजोन्टमा रहेको सार्वजनिक अस्पतालमा उपचार गराइएको थियो ।

मिनास गेराइस राज्यका स्वास्थ्य अधिकारीहरूले त्यस प्रदेशमा मात्रै ४४ जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भइसकेको जनाएको छ ।  रासस/सिन्ह्वा