• १६ असार २०८१, आइतबार

लायन्स क्लब ब्राभो र ओखलढुंगाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

blog

काठमाडौँ, साउन १४ गते । लायन्स क्लब अफ ब्राभो तथा लायन्स क्लब अफ पोकली वाटरफलले संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । 

उक्त रक्तदान कार्यक्रममा लायन्स क्लबका पाष्ट डिस्ट्रिक गर्भनर रुद्र ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा ज्ञवालीले रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । लायन्स क्लब अफ ब्राभोका अध्यक्ष आदर्शकुमार श्रेष्ठले मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावस्यक भएकोले क्लबले रक्तदानको कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । 


लायन्स क्लब अफ पोकली वाटरफलकी अध्यक्ष वर्षा राउतले रक्तदानको मानवजीवनमा ठूलो महत्व रहेको बताउनुभयो । उक्त कार्यक्रममा रक्तदान गर्नेहरुलाई पाष्ट डिस्ट्रिक गर्भनर रुद्र ज्ञवाली, लायन्स क्लब अफ काठमाडौ ब्राभोका अध्यक्ष आदर्शकुमार श्रेष्ठ र लायन्स क्लब अफ पोकली वाटरफलकी अध्यक्ष वर्षा राउतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।