• १६ असार २०८१, आइतबार

सेनाको विमान दुर्घटनामा दुईको मृत्यु

blog

फाइल तस्बिर

नयाँदिल्ली, साउन १३ गते । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मि–२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार  दुर्घटनामा परेको थियो ।

भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ । एक अदालतको जाँचको आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा